पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

मौसम अपडेट : उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

२०८० माघ २६, शुक्रवार ०८:१७ बजे

काठमाडौं : देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना भने छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।
विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।