पाठशाला न्यूज
 २०८३ वैशाख ११, शुक्रवार    

दामन र चन्द्रागिरिमा हिमपात

२०८० माघ १९, शुक्रवार ०९:०० बजे

मकवानपुर : थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा बिहीबार साँझ हिमपात भएको छ ।
इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापा मगरले सीमभञ्ज्याङ क्षेत्रमा साँझ हिमपात शुरु भएको जानकारी दिए । दामन सीमभञ्ज्याङ क्षेत्रबाट हिश्रृङ्खलासमेत अवलोकन गर्न सकिन्छ ।
यस्तै चन्द्रागिरिमा पनि साँझपखदेखि हल्का हिमपात भएको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरका पूजारी विदुर न्यौपानेले जानकारी दिए ।