पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

खेतमा जमेको पानीमा डुबेको अवस्थामा एकजनाको शव फेला

२०८१ श्रावण ४, शुक्रवार १७:२७ बजे

सिरहा- सिरहाको गोलबजारमा खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

गोलबजार नगरपालिका वडा न- ८ सिडियोटोल नजिकै रहेको खेतमा जमेको पानीमा सोही गाउँका ६० वर्षीय मनोज थापाको शव फेला परेको हो ।

बुधवार राती देखि हराएको थापाको शव आज उनकै घरदेखी करिव  सय मिटरको दुरिमा खेतमा जमेको पानीमा फेला परेको प्रहरिले जनाएको छ ।

शव लाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी  भइरहेको प्रहरीले जनाएको छ ।