पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

देशभरका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा हुने

२०८१ कार्तिक २, शुक्रवार ०६:२४ बजे

काठमाडौं- आज देशभरका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल देशभर पश्‍चिमी वायुको आंशिक प्रभाव छ। साथै, कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भेगमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ।

आज दिउँसो कोशी, वागमती र गण्डकीका पहाडी भेगका थोरै तथा बाँकी प्रदेशका पहाडी इलाकाका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति कोशी, वागमती र गण्डकीका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।