काठमाडौं- मुम्बईको बान्द्रा पुर्वमा शनिवार राति एक भारतिय नेताको गोली हानेर हत्या भएको छ।
कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट नेसनालिस्ट कांग्रेस पार्टी (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिवार राति मुम्बईको बान्द्रा इस्टमा गोली हानेर हत्या भएको हो।
छातीमा गोली लागेर गम्भिर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो। अस्पतालमै उनको मृत्यु भएको हो।
उनी ४८ वर्षदेखि कांग्रेसमा थिए। यसै वर्षको फेब्रुअरी महिनामा उनी कांग्रेस छाडे्र एनसीपीमा प्रवेश गरेका थिए।
भारतीय मिडियाहरुका अनुसार उनको हत्याको घटना अनुसन्धानको क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुमाथि सोधपुछ चलिरहेको छ।
उनी छोरा जिशानको घरमा जाँदै गर्दा अज्ञात समूहले गोली हानि हत्या गरेको थियो।
यस गोलीकाण्डपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सबै दोषीविरुद्ध कडा कारबाही गरिने बताएका छन्।
बान्द्रा पश्चिमबाट ३ पटक विधायक रहेका बाबा सिद्दीकी महाराष्ट्रमा राज्य मन्त्री भइसकेका थिए ।