पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

इङ्गल्याण्ड पछि अष्ट्रेलियालाई हराउँदै नेपाल समूह विजेता बन्यो

२०८१ कार्तिक १७, शनिवार ०७:२१ बजे

काठमाडौं- हङकङ सिक्सेसमा नेपालले लगातार इङ्गल्याण्ड पछि अस्ट्रेलियालाई हराउँदै समूह विजेता बनेको छ। 

नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो। नेपालले दिएको ११२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले निर्धारित ओभरमा १०० रन मात्रै बनाउन सक्यो। नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए।