काठमाडौं- एअर अरेबियाको जहाजमार्फत यूएईको शारजाहबाट काठमाडौं आएका एक चिनियाँ र २ म्यानमारका नागरिक सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्मंराउ परेका छन्।

मंगलवार साँझ ५ किलो ७ सय ग्राम सुनसहित ३ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन्।
पक्राउ पर्ने चिनियाँ नागरिकमा च्यान चोङ र म्यानमारका सात नाइङ तुन र एई एन्गोन फू रहेका छन् ।
उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँचगर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब ५ केजी ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको हो।
पक्राउ लगत्तै तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ।