कपिलवस्तु- भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
पि.बि.१० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठक्कर खादा दुई जना नेपालीको मृत्यु भएको हो।
आज बिहान भएको दुर्घटनामा परी कपिलवस्तु बाणगङ्गा नगरपालिका ९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका वडा नम्बर ६ का अनिल सापकोटाको निधन भएको थाना पचपेडवा बलरामपुरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
कारमा सवार मृतक बेल्बासेका पत्नी शारदा बेल्बासे, बाणगङ्गा नगरपालिका जितपुर वडा नम्बर ४ निवासी टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएका छन् ।
घाइतेहरुको तत्काल उद्दार गरि उपचार भएको भारतिय प्रहरीले जनाएको छ।