पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

सहकारी ठगि प्रकरणमा आज संसदीय समितिले रवि लामिछानेको बयान लिदै

२०८१ भाद्र ७, शुक्रवार ०७:४१ बजे

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिदै छ।

समितिले अहिलेसम्म ४४ पटक बैठक बसेर विभिन्न सहकारी संचालक, ठगीको आरोप लागेका दर्जनौं व्यक्तिहरुको बयान लिइसकेको छ । त्यस्तै समितिले सरकारका बिभिन्न निकायका अधिकारीहरुसँग पनि छलफल गरेको छ । 

समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सभापति सुर्य थापाले बताएका छन् ।