नयाँ दिल्ली- भारतको मुम्बई सहरमा आइतवार एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु भएको छ।
महाराष्ट्रको मुम्बई सहरमा आइतवार एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु हुनुको साथै अन्य केही घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
भुइँतलामा पसल र पहिलो तलामा आवासीय एकाइ रहेको दुई तले भवनमा आइतवार आगलागी भएको हो । घटना हुँदा मृतकहरू सुतिरहेका थिए ।
देशको आर्थिक राजधानी मुम्बईको चेम्बुर क्षेत्रमा आगलागी भइ मृत्यु हुने सबै एकै परिवारका सदस्य थिए ।