काठमाडौं- बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को प्रभावका कारण आज कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार अहिले देशभर पश्चिमी र स्थानीय वायुको पनि आंशिक प्रभाव छ।
आज दिउँसो देशका पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।
आज राति कोशी प्रदेशका पहाडी इलाकाका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।