काठमाडौं : दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभासको आगामी फिल्म ‘सलार’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।
प्रशान्त नील निर्देशित फिल्म सालारको ट्रेलरमा प्रभास, जगपति बाबु र पृथ्वीराज सुकुमारन बेजोड भूमिकामा देखिएका छन् । फिल्म ‘सलार’मा प्रभासको अपोजिटमा श्रुति हसन देखिनेछिन् ।
फिल्म ‘सलार’को कथा फारसीको सुल्तानको बारेमा हो । फिल्ममा पृथ्वीराज सुकुमारन सुल्तानको भूमिकामा छन्, जो खलनायक हुन् भने प्रभास उनको सबैभन्दा मिल्ने साथीको भूमिकामा छन् । जो पछि उनको शत्रु बन्छन् ।
‘सलार’ होम्बले फिल्म्सको ब्यानरमा निर्माण भएको हो। फिल्म डिसेम्बर २२ मा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा हलमा रिलिज हुनेछ ।