पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

भारतीय खेलाडी फोगाटको अपिलमा अदालतकाे अस्विकार, नपाउने नै भईन् ओलम्पिक पदक

२०८१ श्रावण ३१, बिहीवार ०८:०४ बजे

नयाँदिल्ली- विनेश फोगाटले पेरिस ओलम्पिकमा रजत पदक नपाउने भएकी छिन् ।

विश्व खेलकुदको मध्यस्थता अदालतले बुधवार अगस्टमा उनको अपील अस्वीकार गरेको जनाएको छ । 

फोगाट फाइनलअघि नै तौलका कारण अयोग्य घोषित भएको घोषणा गरिदिए पछि उनले खेलकुद अदालतमा याचिका दायर गरेकी थिइन । तर, उनको मुद्धाको सुनवाई १६ अगस्तमा फैसला हुने भनिए पनि उनको अपिल अगस्ट १४ गते नै खारेज गरिएको हो  । 

यो निर्णयपछि भारतीय ओलम्पिक कमिटीकी अध्यक्ष पीटी उषाले असन्तुष्टि जनाएकी छन् ।

विनेशले महिला ५० केजी तौल समूहमा लगातार ३ खेल जितेर फाइनलमा स्थान बनाएकी थिइन् । फाइनल अगस्ट ८ मा हुने तय भएपनि खेलअघि नै ओलम्पिक कमिटीले विनेशको तौल १०० ग्राम ५० केजीभन्दा बढी भएकाले उनलाई अयोग्य घोषित गरे पछि उनी अदालत पुगेकी थिइन् ।