पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

भ्रष्टाचारी ठहर भएका राणालाई पेन्सन दिन सर्वोच्चको आदेश

२०८१ मंसिर १७, सोमवार २०:२८ बजे

काठमाडौं- न्यायाधीशहरू कुमार चुँडाल र अब्दुल अजीज मुसलमानको इजलासले बहुचर्चित सुडान घोटाला प्रकरणका कसुरदारमध्येका एक ओमविक्रम राणाको पेन्सन नरोक्नु भनी सर्वोच्च अदालतले आफैँले भ्रष्टाचारी ठहर गरेका एक कसुरदारको पेन्सनपट्टा नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दोषी ठहर भएकाहरूलाई पेन्सन नदिनु भनी निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई लेखेको पत्रपछि राणाको पेन्सन रोकिएको थियो ।

पेन्सन रोकिएको विरोधमा राणाले १७ साउन, २०८१ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।