काठमाडौं- आज संघीय संसद्अन्तर्गतका चारवटा समितिको बैठक बस्दै छ ।
मंगलबार पहिलो बैठक बिहान ११ः३० बजे उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुने कार्यसूची रहेको छ।
यसैगरी सार्वजनिक लेखा समितिको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा सुरु हुनेछ। बैठकमा उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औँल्याएका विषय र समितिमा प्राप्त उजुरी उपरहरू सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
यस्तै कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने छ। बैठकमा महान्यायाधिवक्ता कार्यालयको कामकारबाहीबारे छलफल हुनेछ।