काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमाआज शुक्रवार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलका अनुसार रिटमाथि सुनुवाइका लागि आइतवार पेसी तोकिएको छ।
प्रसाईँलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंसिर ४ गते काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको थियो।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। साथै, प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।