तस्विर: राजकुमार गुरागाईं
हेटौंडा- हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडक लगायतका काठमाडौं प्रवेश गर्ने छोटो दुरीका तीनैवटा सडकमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् ।
भारि वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौंको वैकल्पिक मार्ग सिस्नेरी-दक्षिणकाली सडकखण्ड पनि अवरुद्ध भएको हो।
त्यसैगरी ललितपुर क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ पनि अवरुद्ध भएको छ ।
यस्तै हेटौंडाबाट मातातीर्थ हुँदै काठमाडौं प्रवेश गर्ने सडक पनि अवरुद्ध बनेको छ ।