पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

बार्सिलोनालाई स्पेनिस सुपरकपको उपाधि

२०८१ पौष २९, सोमवार ०७:१४ बजे

काठमाडौं- गएराती सम्पन्न फाइनलमा रियल म्याड्रिडमाथि शानदार ५-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ।

बार्सिलोनाले एल क्लासिको जित्नेक्रममा राफिन्हाले २ गोल गरेका थिए भने लामीन यमल, रोबेर्ट लेवानडोस्की, अलेजान्द्रो बाल्डले एक एक गोल गरेका थिए ।

त्यस्तै रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पे र रोड्रीगोले एक एक गोल गरेका थिए । 

यस खेलमा बार्सिलोनाका गोलकिपर वोजेक स्जोजेन्सीले खेलको ५६औं मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

योसहित बार्सिलोनाले सबैभन्दा बढी १५ पटक स्पेनिस सुपर कोपाको उपाधि जितेको छ । त्यस्तै रियल म्याड्रिडले भने १३ पटक यो उपाधि जितेको छ ।