काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार अछाम जाने भएका छन् । साँफेबगर नगरपालिका–१ स्थित वैद्यनाथ धाममा शुरु हुने कोटिहोम महायज्ञको उद्घाटनका लागि उनी त्यसतर्फ जान लागेका हुन् ।
राष्ट्रपति पौडेल जाने भएकोले जिल्लाको शान्ति सुरक्षा कडा परिएको छ । कोटिहोम महायज्ञको तयारी पूरा भएको प्रचारप्रसार समितिले जनाएको छ ।
वैद्यनाथ धाममा हरेक ६ वर्षमा लक्ष होम सहितको अर्धकुम्भ मेला, १२ वर्षको अन्तरमा महालक्ष्यहोम सहितको महाकुम्भ मेला र १४४ वर्षको अन्तरमा कोटिहोम महायज्ञसहितको महाकुम्भ मेला लाग्छ ।
कोटिहोम महायज्ञ शिवरात्रिसम्म चल्ने छ ।