काठमाडौं- दिल्लीबाट काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतको भिस्टारा एयरलाइन्सको विमानमा बम राखेको सूचना गलत भएको पुष्टी नेपाली सेनाले गरेकोछ।
विमानमा बम रहेको सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टिमले खोजतलासपछि बम नरहेको निश्चित भएको हो ।
यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं अवतरण भएको थियो । विमानमा बम रहेको सूचना आएपछि यात्रुलाई बाहिर निकालेर सुरक्षाकर्मीहरुले खोजतलास गरेका थिए ।
विमानमा बम नरहेको पुष्टि भएपछि विमानस्थल पुनः सुचारु गरिएको छ ।