पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

नेपाल टेलिकमको ग्राहक सेवा प्रणाली आज ४ घन्टाका लागि प्रभावित हुने

२०८१ श्रावण ३२, शुक्रवार ०८:१० बजे

काठमाडौं- नेपाल टेलिकम(एनटिसी)को ग्राहक सेवा प्रणाली आज ४ घन्टाका लागि प्रभावित हुने भएको छ।

टेलिकमले आज सूचना जारी गर्दै टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्यका लागि आज राति ११ बजेदेखि करिब ४ घन्टाका लागि ब्यालेन्स/रिचार्ज/प्याकेज खरिद/क्वेरी सेवाहरू प्रभावित हुने बताएको हो।

सेवा सम्बन्धी समस्याका लागि १४९८ र १९८ मा सम्पर्क गर्न पनि टेलिकमले अनुरोध गरेको छ।