पाठशाला न्यूज
 २०८३ वैशाख ११, शुक्रवार    

भारतीय स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

२०८१ मंसिर ६, बिहीवार १६:१० बजे

काठमाडौं- नेपाल र भारतका सेनाबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान गर्ने परम्परा अनुसार राष्ट्रपति भवन शीतल निवासमा नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई बिहीवार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधवार द्विवेदी नेपाल भ्रमणमा आएका हुन्।

उक्त मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत थिए।