काठमाडौं- पूर्वऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको मंगलवार दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको छ।
मिर्गौलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए। मिर्गौला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको नेकपा (एकीकृत समाजवादी) बागलुङका अध्यक्ष पिङ्गलराज गौतमले जानकारी दिए।
पुराना वामपन्थी शर्मा पछिल्लो समय एकीकृत समाजवादीमा क्रियाशील थिए। विसं २०६४ को संविधानसभा सदस्यमा निर्वाचित शर्मा त्यही बेला राज्यमन्त्री थिए।
एकीकृत समाजवादी पार्टी स्थापना भएपछि उनी गण्डकी प्रदेश अध्यक्षसमेत भएका थिए।
शर्माको शव आज साँझसम्म भारतबाट बागलुङ ल्याइने अध्यक्ष गौतमले बताए।