पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

कांग्रेस सहकारी पिडितको पक्षमा दृढतापूर्वक उभिन्छ, सरकार गैरजिम्मेवार भयो- देउवा

२०८१ वैशाख २, आइतवार १२:१३ बजे

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सहकारी पिडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने बताएका छन् ।

कांग्रेस संसदीय दलको आइतबार बिहान बसेको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगि जस्तो गम्भीर विषयको यथार्थ बाहिर ल्याउन माग गरिएकोमा सरकारले यसलाई छल्ने उद्धेश्यले संसद बन्द गरको आरोप लगाएका छन् ।

उनले यसबाट सरकार सहकारी पिडितको पक्षमा नरहेको पुष्टि भएको बताउदै गैरजिम्मेवाररुपमा प्रस्तुत भएको बताएका छन्।

उनले लाखौँ सहकारी पिडितको अर्बौं बचत हिनामिना गरिएको बताउदै कांग्रेस पिडितको पक्षमा, सुशासनको पक्षमा दृढतापुर्वक उभिने बताएका थिए ।